कोरोना नियन्त्रणको लागि आवश्यक उपकरण ल्याउन १ लाख डलर सटही सुविधा पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोन भाइरस(कोभिड १९) नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामाग्री आयात गर्नको लागि १ लाख अमेरिकी डलरसम्मको टिटी र ड्राफ्ट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै कोरोना भाइरस नियन्त्रणका लागि निजी क्षेत्रले आयात गर्ने स्वास्थ्य उपकरणको लागि १ लाख अमेरिकी डलरसम्मको टिटी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

१ लाख अमेरिकी डलरभन्दा बढीको टिटी सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिसमा त्यो समेत उपलब्ध गराउने निर्णय राष्ट्र बैंकले गरेको छ ।

यसअघि टिटी र ड्राफ्टको सुविधा २५ हजार अमेरिकी डलरसम्मको थियो ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा भने धरौटी रकम चाहिने छैन ।


क्लिकमान्डु