विदेशबाट फर्किएका सबै नेपालीलाई सरकारको सम्पर्कमा आउन स्वास्थ्य मन्त्री ढकालको आग्रह



काठमाडौं । स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा आएका सबैलाई सरकारको सम्पर्कमा आउन आगूह गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरेर उनले पछिल्लो समयमा नेपालमा विमानस्थलबाट आएका नेपाली नागरिकलाई सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

उनले मानिसको सानो कमजोरीले ठूलो जोखिम निम्त्याउने सक्ने भन्दै स्वास्थ्यमा खेलची नगर्नु समेत आग्रह गरेका छन् ।

‘जुन–जुन जहाजबाट आएनु भएको छ । प्लेनको नाम नम्बर सरकारले खुलाउने नै छ, त्यो भन्दा पहिला तपाईहरु सरकारको सम्पर्कमा आउनु र आफू रहेको समाजलाई भयवीत नबनाई कोरोनाको समेत उपचार गराउनुहोला’ उनले भने ‘विदेशबाट आएर जो जो जुुन जुन ठाँउमा बस्नुभएको छ, त्यो ठाँउमा सबै मानिस डराउनुभएको छ । त्यहाँका मान्छे डराएइका छन्, अब तपाईहरु पनि क्वारेन्टाइनमा आएर बसिदिनु होला । टाढा हुनुहुन्छ भने नजिकको अस्पतालमा गएर उपचार गराउनुहोला ।’

कोरोनाबाट संक्रमित भएका मान्छे सरकारले तोकेको मर्यादा पालना गर्नुपर्ने आवश्यक भएका उनको भनाई छ । सबै नेपालीको उपचार गर्ने जिम्मा सरकारको भएको भन्दै विदेशमा रहेका नेपालीमा पनि कोरोनाको असर देखिएमा कसैलाई पनि विभेन नगरी सरकारले उपचार गर्ने उनको तर्क छ । सरकारले स्वदेशमा वा विदेशमा जहाँ रहेका भएपनि आफ्ना नागरिकलाई कुनै हालतमा विभेद नगर्ने बताए ।


क्लिकमान्डु