नेपालमा भेटिएका कोरोना संक्रमित तेस्रो व्यक्ति, कहाँकहाँ घुमे ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो बिरामी भेटिएको छ । कोराना भाइरस संक्रमण देखिएका ति व्यक्ति धादिङका हुन् । उनको उमेर ३२ वर्ष बताइएको छ ।
ति व्यक्ति चैत ६ गते युएईबाटबाट काठमाडौं आएका हुन् । कोरोनाको लक्षण देखा परेपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । उनको नाम भने सार्वजनिक भएको छैन । अस्पतालले गोपनियता अन्तर्गत संक्रमण देखिएका बिरामीको नाम सार्वजनिक गर्दैन ।
उनी युएईबाटबाट फर्केपछि ७ दिनसम्म होटलमा बसेका थिए । उनी होटलमा बस्दा ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पताल पुगेका थिए । उनी बसेको होटल पहिचान भएको छ । यद्यपी सार्वजनिक भने गरिएको छैन ।
स्वाथ्यमन्त्री भानुभक्त ढकालले उनीसँग होटलमा रहेको खोजी भएको बताए ।