सरकारको कोरोना कोषमा कांग्रेसको ५० लाख सहयोग



काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि भइसकेको छ । कोरोना विरुद्धको संघर्षमा कांग्रेस पनि एक साथ रहेको विज्ञप्निमा उल्लेख छ ।


क्लिकमान्डु