कालोबजारी नियन्त्रण गर्न सरकार सक्रिय, २ लाखसम्म जरिवाना
कठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो समय उपत्यकाका ३ जिल्लामा बजार अनुगमन तथा निरीक्षणको कार्य तीव्र रुपमा बढाएको छ । विभागले अहिले मास्कदेखि दैनिक उपभोग्य सामान, पेट्रोल, ग्यास र फार्मेशी, सर्जिकल र श्रृङगार लगायतका पसलमा अनुगमन गरेको छ ।
पछिल्लो समय विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारणले व्यापारीहरुले दैनिक उपभोग्य सामानदेखि पेट्रोलको कृत्रिम अभाव खडा गर्ने तथा बढी मुल्यमा बेच्ने प्रवृति मौलाएपश्चात् अनुगमनलाई बढी प्रथामिकता दिएको हो ।
त्यस्तै ग्यास तथा पेट्रोलियम पदार्थमा समेत कालो बजारी गर्ने गरेको पाएपछि विभागले बजार उजुरीको आधारमा नियमित अनुगमन कार्य तीव्ररुपमा अगाडी बडाएको विभागले जनाएको छ । विभागका अनुसार बजारमा अहिले सबैभन्दा बढी मास्क, स्यानिटाइजर, नुन, ग्यास र खाद्यान्नको माग बढेसँगै व्यापारीहरुले लुकाउनुका साथै महङगो मुल्यमा बेच्न थालेको उजुरी पछि अनुगमन गर्न थालिएको जनाएको छ ।
विभागले चैत महिनाको ६ दिनको अवधिमा अनुगमन टोलिद्धारा १७ वटा पेट्रोल पम्पमा अनुगमन गरेको छ । त्यस मध्ये ८ पेट्रोल पम्प खरिद बिक्रीमा कुनै समस्या नभएको अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकरी दिए। मैतिदेविस्थित मैतिदेवि पेट्रोलियम सप्लायर्स भने कृत्रिम अभाव सिर्जना गरेको तथा जम्माखोरी गरेको आधारमा २ लाख जरिवाना गराएको उनले बताए ।
त्यस्तै चैत महिनाको ६ दिनको अवधिमा विभागले ३० वटा ग्यास पसलमा अनुगमन गरेको छ । त्यसमध्ये च्यासलस्थित गजलक्ष्मी आर के स्टोर, सुनाकोठी स्थित हाम्रो जि एस १०० स्टोरको खरिद बिल नभएको पाए पछि १७ हजार ५५ रुपैयाँ जरिवाना गराइएको छ भने टिकाभैरव स्थित सत्याल एण्ड किराना पसलले कृत्रिम अभाव र्सिजना गरे बापत २ लाख जरिवाना गराएको छ ।
त्यस्तै विभागले ६ दिनको अवधिमा १० वटा खाद्य स्टोरमा अनुगमन गरेको छ । जसमध्ये कोटेश्वर स्थित सरिता स्टोरलाई खरिद विल नभएकाले २१ हजार २ रुपैँया जरिवाना गराइएको छ । त्यस्तै गोठटार स्थित भावना खाद्य स्टोरलाई पनि खरिद विल नभएकाले २० हजार जरिवाना गराइएको छ ।
६ दिनको अवधिमा २ फार्मेसीमा अनुगमन गरिएको विभागले जनाएको छ । फार्मेसी अनुगमन गर्ने क्रममा खरिद विल नभएका पाइएपछि मैतदेवी स्थित विवेक फार्मेसीलाई ५ हजार जरिवाना गरिएको छ ।
विभागले श्रृङगार पसलमा पनी अनुगमन गरेको छ । श्रृङगार पसलमा अनुगमन गर्दा आज गरिएका सवै पसल जरिवानाको दायरामा परेका छन् ।
विभागले ६ वटा श्रृङगार पसलमा अनुगमन गरेको थियो । जसमध्ये ५ वटा पसल कारवाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका बजार अनुगमनका निर्देशक सागर मिश्रले कोरोना भाइरसको त्रास अघि २ टोलीले अनुगमन गरिरहेकोमा अहिले ५ टोलीले अनुगमन गरिरहेको र एक टोलमा ५ देखि ७ जनाको सङख्यामा टोली परिचालन गरिएको बताए ।
उनले प्रहरीको सहयोगमा सामानहरु जफत भइरहेको बताए ।
‘हामिले दिन दिनै अनुगमन गरिराखेका छौँ । दिनमा ५ टोलि द्धारा अनुगमन भइराखेको छ । यसलाई अभैm विशेष प्रथामिकताका साथ अगाडि बढाउने योजना लिएका छौँ,’ अनुगमन निर्देशक मिश्रले क्लिकमान्डुसँग भने ।
अहिलेको असहज घडीमा कालोबजारी गर्नेलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने बताए । कुनै व्यापारीले उपभोक्ता माथि कारोबजारी गरेको पाइएमा २ लाख देखि ३ लाख सम्म जरीवाना लिनेगरेको साथै मुद्धा चलाउने, स्याम्बल कलेक्सन गर्ने उनले बताएका छन् ।
‘हामीले प्रहरी मार्फत सामान जपथ गर्दै आएका छौँ,’ उनले भने ।
विभागले स्वच्छ बजार कायम गर्न तथा उपभोक्ताको हित संरक्षणका लागिअन्य सरोकारवालाहरुको समेत सहयोगमाकाम गरिरहेको मिश्रले जानकारी गराए ।