सूचना प्रविधि र कम्युटर विज्ञानमा स्नात्तकोत्तर गरेको व्यक्ति पनि बैंकको सञ्चालक र सीइओ बन्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीइओहरुको योग्यता थप गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै  सूचना प्रविधि र कम्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गरेको  व्यक्ति पनि सञ्चालक र सीइओ बन्न पाउने व्यवस्था गरेको हो ।

बैंकिङ क्षेत्रमा प्रविधिको चुनौति बढ्दै गएपछि यस्तो व्यवस्था गर्नुपरेको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

यसअघि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, चार्टर्ड एकाउन्टेन्सी र कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको थियो ।


पुष्प दुलाल