उद्योग वाणिज्य महासंघको निर्वाचन १ महिना सार्न प्रस्ताव, आज दिउँसो स्ट्याण्डिङ कमिटिको बैठक
काठमाडौं । कोरोना भाइरसबाट उत्पन्न जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सरकारले २५ जनाभन्दा भन्दा बढी भेला हुन प्रतिवन्ध लगाएपछि नेपाल उद्योग वाणिज्य महासंघको यही चैत अन्तिममा हुने चुनाव सर्ने भएको छ ।
१ महिना चुनाव सार्ने प्रस्ताव गर्दै महासंघले आज दिउँसो २ बजे स्ट्याण्डिङ कमिटिको बैठक बोलाएको छ ।
‘सरकारले पनि चैत महिना हुने परीक्षादेखि सबै किसिमका कार्यक्रम रोक्ने निर्णय गरिसकेको छ, त्यसैले महासंघको यही चैत अन्तिममा हुने निर्वाचनलाई १ महिना सार्नुपर्ने देखिएको छ,’ अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन्, ‘चुनाव सार्ने प्रस्तावसहित आज दिउँसो २ बजे स्ट्याण्डिङ कमिटिको बैठक बोलाएका छौं ।’
बैठकले चुनाव सार्ने निर्णय गर्ने उनले जानकारी दिइन् ।
केही दिनअघि पनि स्ट्याण्डिङ कमिटिको बैठक बसेको थियो । र, १० दिनभित्र चुनाव सार्ने वा नसार्ने भन्ने निर्णय गर्ने निर्णय गरेको थियो ।
बरिष्ठ उापध्यका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै घोषणा गरेर चुनावको तीब्र तयारी गरिरहेका छन् ।