किरणकुमार श्रेष्ठ बीमा समितिको सञ्चालकमा नियुक्त



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठ बीमा समितिको सञ्चालकमा नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले श्रेष्ठलाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालकमा नियुक्त गरेको हो । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठको नियुक्ति भएको हो ।

स्रोतका अनुसार ९ महिनापछि बीमा समितिको अध्यक्ष बनाउने तयारीका साथ श्रेष्ठलाई सञ्चालकमा नियुक्ति गरिएको हो । २०७७ पुस १३ गते अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिँदैछ ।

सीइओ श्रेष्ठ राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा थिए । तर, अर्थमन्त्रीले उनलाई गभर्नरको रेशबाट पन्छाउँदै बीमा समितिको जिम्मेवारी सुम्पिन लागेको बताइन्छ ।

नेपाल वायुसेवा निगमको तर्फबाट श्रेष्ठलाई समितिको सञ्चालक बनाइएको हो । यसअघि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सञ्चालक थिए ।

नवनियुक्त सञ्चालक श्रेष्ठ समितिको एउठा बैठकमा समेत सहभागी भइसकेका छन् ।


पुष्प दुलाल