वैदेशिक रोजगारीमा जाने नेपाली २१.७ % ले बढ्दा विप्रेषण ०.५% ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ मात्रै आएको छ ।

राष्ट्र बैंंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु