सुनको मूल्य एक सातामा ५७०० सय घट्यो



काठमाडौं । बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्वबजारमा कोरोना भाइरसलगायतका कारणले वृद्धि भइरहेको सुनको मूल्यमा केही दिनयता भने लगातार घटिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साता ८२ हजार ७०० रुपैयाँसम्म पुगेको सुनको मूल्य अहिले ओरोलो लागेको हो ।

आइतबार बजारमा तेजाबी सुनको मूल्य भने प्रतितोला ७६ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु