माछापुच्छ्रे बैंकको कामू सीईओ सन्तोष कोइराला



काठमाडौं । माछापुच्छ्रे बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कोइरालाले आजदेखि पदभार ग्रहण गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रुपमा रहेका सुमन शर्माले छाडेपछि कोइरालालाई अर्को व्यवस्था नहुँदासम्म कामू सीईओको जिम्मेवारी दिने निर्णय बैंकको संचालक समितिको बैठकले गरेको थियो ।

कोइराला माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । कोइरालासँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव छ । माछापुच्छ्रे बैंकमा आउनु अगाडि कोइराला सानिमा बैंकमा थिए ।


क्लिकमान्डु