सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले होटल अतिथीमा १० प्रतिशत छुट पाउने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले कोहलपुरस्थित मेडिकल कलेज लाइन बाँकेस्थित होटल अतिथीमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवा सुविधामा दिइने छुट पाउनेछन् । बिहीबार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंैकका क्रेडिट र डेबिट कार्ड ग्राहकले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बाँसगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अतिथीका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु