कोरोना प्रभावः होलीमा कार्यक्रम नगर्न निर्देशन



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको अवसरमा कुनै पनि कार्यक्रम आयोजना नगर्न अनुरोध गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको बढ्दो जोखिम र त्यसले नित्याउन सक्ने संक्रमणलाई ध्यान दिँदै यस्तो आग्रह गरेको हो ।

‘विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको साथै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा सम्मलेन जस्ता कार्यक्रम नगर्न अनुरोध गरिएको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली) लगायतका कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन समेत सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

 


क्लिकमान्डु