विदेशी मुद्रामा रहने पैसा बैंकमा घटेपछि फागुन लागेसँगै निक्षेपको बृद्धिदुर सुस्त



काठमाडौं । वाणिज्य बैंकहरुमा हुने विदेशी मुद्राको निक्षेप फागुन लागेसँगै वाणिज्य बैंकहरुमा निक्षेपको बृद्धिदर सुस्त भएको छ । माघ मसान्तसम्ममा बैंकहरुमा ३० खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप थियो । फागुनको दोस्रो सातासम्ममा बैंकहरुमा ३० खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

विदेशी मुद्रामा माघ मसान्तसम्ममा रहेको १ खर्ब ३३ अर्ब रुपैयाँको निक्षेप फागुन मसान्तमा १ खर्ब २४ अर्बमा झरेपछि बैंकमा निक्षेप ओरालो लागेको हो । स्वदेशी मुद्रामा भने पछिल्लो १५ दिनमा १० अर्ब रुपैयाँले निक्षेप बढेको छ । माघ मसान्तसम्ममा २९ खर्ब ३४ अर्ब रहेको निक्षेप फागुनको दोस्रो सातासम्ममा २९ खर्ब ४४ अर्ब रुपैयाँमा पुगेको छ ।

यस्तै कर्जा तर्फ भने फागुन दोस्रोसातासम्ममा बैंकहरुले २७ खर्ब ५९ अर्ब रुपैयाँ दिएका छन् । माघ मसान्तसम्ममा २७ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप थियो । जसमा स्वदेशी मुद्रामा २६ खर्ब ७१ अर्ब छ भने विदेशी मुद्रामा ८८ अर्ब रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकहरुमा यो पटक कर्जाको माग बढेको छैन ।


क्लिकमान्डु