अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा.युवराज खतिवडाले मंगलबार पदबार राजीनामा दिएका हुन ।

मन्त्री डा. खतिवडाले राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएकाे निकट स्रोतको भनाई छ ।

स्रोतका अनुसार डा. खतिवडा भोली (बुधबार) नै पुन अर्थ र सञ्चार मन्त्रीमा नियुक्त हुने छन् र भोली नै सपथ ग्रहण पनि गर्ने छन् ।


क्लिकमान्डु