कोरोना भाइरसबाट प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले सहुलियत दिने



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट प्रभावित क्षेत्रलाई नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ ।

सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा कोरोना भाइरसको संक्रमणबाट असर पर्न सक्ने क्षेत्रमा पुनरकर्जा तथा पुनरतालिकीकरणको व्यवस्थामा आवश्यकता अनुसार पुनरावलोकन गरिने उल्लेख छ ।

अर्धवार्षिक समीक्षामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ ।’

साथै राष्ट्र बैंकले कर्जा लिँदा कर चुक्ताको प्रमाण पत्र बुझाउनु पर्ने अनिवार्य नियमलाई संशोधन गर्दै २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर दाखिला गरेको कागजपत्र बुझाए मात्रै पुग्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु