अत्यावश्यक बाहेक आफन्तलाई बिदाइ र स्वागत गर्न विमानस्थल जान नपाइने, भिजिटर पास रोकियो



काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसैलाई बिदाइ गर्न र लिन जान कडाइ गरिने भएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै लिन जाने र बिदाइ गर्न जाने मानिसहरुमा कडाइ गरिने भएको हो । सोमबार जारी सूचनामा अत्यावश्यक बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न भनिएको छ ।

कार्यालयले नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना देखिएको हुँदा र विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेकाले विमानस्थलमा हुने भीड नियन्त्रण गर्नका उक्त सूचना जारी गरेको हो ।

सूचनामा जानै परे मास्क लगाएर मात्रै जान भनिएको छ । साथै हाल प्रदान गरिरहेको भिजिटर पास पनि हाललाई अर्को व्यवस्था नभएसम्म स्थगन गरिएको छ ।


क्लिकमान्डु