डिजिटल लर्निङलाई सघाउन निमा एकेडेमी र इ-शिक्षाले सहकार्य गर्ने



काठमाडौं । डिजिटल शिक्षालाई प्रवद्धन गर्दै प्रभु म्यानेजमेन्टको इ-शिक्षा र निमा एकेडेमीको निमा एकेडेमी लर्निङ प्लाटफर्मबिच सहकार्यमा सम्झौता भएको छ ।

प्रभु म्यानेजमेन्टको अध्यक्ष कुसुम लामा र निमा एकेडेमीका अध्यक्ष हरिमान प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । इ-शिक्षा स्कुल म्यानेजमेन्ट सफ्टवेयर हो भने निमा एकेडेमी डिजिटल लर्निङ प्लाटफर्म हो । यि दुई प्रडक्ट तथा संस्थाको सहकार्यबाट देशमा डिजिटल शिक्षाको विकास र विस्तारमा परिवर्तन ल्याउन सकिने प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामालाई बताइन ।

कार्यक्रममा निमा एकेडेमीका अध्यक्ष हरिमान प्रधानले पुरानो निमा प्रकाशन अब डिजिटल्ली रुपान्तरण भइरहेको र नेपालमा डिजिटल लर्निङलाई प्रवद्धन गर्न डिजिटल लर्निङ डेु मनाइएको बताइन ।

कार्यक्रममा निमा एकेडेमीको मोवाइल एप्लिकेशन पनि सार्वजनिक गरिएको छ । विद्यालयहरुलाई सेवा दिदै आएको निमा एकेडेमीले अब मोबाइलबाट नै आवश्यक कन्टेन्टहरु अध्ययन गर्न सकिने भएको छ । एप्लिकेशन सार्वजनिक गर्दै कम्पनीका निर्देशक निश्चलमान प्रधानले अबको समय दर्जनौ किताब झोलामा हालेर स्कुल धाउने नभइ एउटा ट्याब्लेटको भरमा रमाइलोसँग अन्तकृया गर्दै पढ्नुपर्ने बताए ।

निमा एकेडेमिमा कक्षा १० सँगै विभिन्न कक्षाका कोर्स कन्टेन्टहरु टेक्स्ट, थ्रिडि र भिडियो र्फम्याटमा प्रस्तुत गरिएको छ । ५ हजारभन्दा बढि रिसोर्स कन्टेन्टहरु समावेश गरिएको निमामा एक हजारभन्दा बढि भिडियो कन्टेन्टहरु राखिएको छ । प्राक्टिस गर्ने प्रश्न, क्विजसँगै एनालाइटिक्सहरु पनि समावेश गरिएको निमा एकेडेमी एक दर्जनबढि विद्यालयहरुमा प्रयोगमा आइरहेको छ ।

यसैगरी गत वर्षदेखि सुरु भएको इ-शिक्षा ५० भन्दा बढि विद्यालयहरुले प्रयोग गरिरहेका छन । यो सफ्टवेयर मार्फत विद्यालय, अभिभावक तथा विद्यार्थीहरुलाई कनेक्ट गरेको छ । जसले आवश्यक शुल्कहरु प्रभु पेमार्फत अनलाइनबाट नै बुझाउन सकिन्छ ।

हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाउने प्रचलन छ । यसैक्रममा गतवर्षदेखि निमा एकेडेमिले डिजिटल लर्निङ डे मनाउन थालेको हो । कार्यक्रममा प्रदेश १ का उपसचिव दामोदर फुयाँल र प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिन कुमार गुरुङले शिक्षालाई प्रविधिमैत्री बनाउने कुरामा जोड दिदै निमा एकेडेमी र इ शिक्षासँग सहकार्य गर्ने बताए ।


क्लिकमान्डु