सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालमा २० प्रतिशत छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक र भारतस्थित मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य गर्ने सहमति भएका छ । जस अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरे ।

सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकले उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दोरलगायतका मेदान्त अस्पतालका सबै शाखामा पाउनेछन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ५ लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

ग्राहकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिन्छन् ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत् सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक पाउछन् ।


क्लिकमान्डु