प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षे रतन तिरुवा हुन् । उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए ।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिसकेको छ ।

प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार

लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका तिरुवाका बुबा मोहन तिरुवा सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका थिए ।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रममा प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो ।

प्रचण्डले भाषण सकाएर फर्कदै गर्दा उनलाई जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


क्लिकमान्डु