सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

बैंकले कालिखोलाको कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकले विद्यालयको २६ औं वार्षिकउत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाक हस्तान्तरण गरेको हो ।

बैंकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु