अमेरिका, अस्ट्रेलिया र थाइल्याण्डमा पनि कोरोना भाइरसका कारण मानिसको मृत्यु
काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया र थाइल्याण्डमा पनि देखिएको छ । उक्त देशहरुले जनाए अनुसार कोरोना भाइरसका कारण पहिलो पटक मानिसहरुको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण यी तीन देशमा मृत्यु हुने यी पहिलो ब्यक्ति हुन् । थाइल्याण्डमा कोभिड–१९ अर्थात कारोना भाइरसका कारण ३५ वर्षिय पुरुषले ज्यान गुमाएका छन् । थाइल्याण्डको डिपार्टमेण्ट अफ डिजिजले जनाएअनुसार उनले रिटेल कामदारका रुपमा काम गर्दै आएका थिए ।
त्यसैगरी अस्टेलियामा पनि ७८ वर्षिय एक बृद्धले ज्यान गुमाएका छन् । उनी डायमण्ड प्रिन्सेस क्रुज सिपमा काम गर्दथे । उनकी पत्नी पनि उक्त भाइरसबाट संक्रमित भएकी छिन् ।
अमेरिकामा पनि कारोना भाइरसका कारण ५० वर्षिय एक पुरुषको मृत्यु भएको छ । अमेरिकाको वासिङटनमा राज्यमा उनको मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएको छन् । मृत्यु हुने ब्यक्तिको कारोना संक्रमित क्षेत्रमा यात्रा गरेको कुनै रेकर्ड फेला नपरेको समेत अधिाकारीहरुले स्पष्ट पारेका छन् ।