सानिमा बैंकका ग्राहकलाई एप्पल प्रोडक्ट किन्दा विशेष छुट हुने



काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वल्र्ड) बीच एप्पलका प्रोडक्ट किन्दा बैंकका ग्राहकहरुलाई विषेश छुट दिने सम्झौता भएको छ । एप्पलका प्रोडक्ट आइफोन, आइप्याड तथा अन्य एक्सेसरिज किन्दा उक्त छुट हुनेछ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मलमा अवस्थित फ्युचर वल्र्डमा उक्त प्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्मका एक्सेसरिज प्राप्त गर्न सक्नेछन । साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु