समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पोखरेल



काठमाडौं । समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न गठित समितिको संयोजकमा उच्च अदालत दिपायलका पूर्व न्यायधीश कुमारप्रसाद पोखरेल नियुक्त भएका छन् । सरकारले पोखरेललाई व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
समितिमा राष्ट्रिय सहकारी महासंघका तर्फबाट टिका बुढाथोकी चयन भएका छन् भने सहकारुी क्षेत्रको विज्ञ भनेर सरकारले ममता देवी शर्मा उपाध्याय र सरस्वती देवी भट्टराईलाई नियुक्त गरेको छ ।

समितिको सदस्य सचिवमा भने नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत सदस्य(सचिव रहने व्यवस्था छ । उक्त समितिले समस्याग्रस्त सहकारीमा देखिएका समस्याको समाधानका लागि पहल गर्नेछ ।

सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले नयाँ समिति गठन गरेको हो ।


क्लिकमान्डु