इन्भेष्टमेन्ट बैंकको नयाँ योजना, कार्ड प्रयोगकर्तालाई क्यास ब्याक देखि भ्रमण प्याकेजसम्म
काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४ औं वार्षिकोत्सवकोे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थाको मूल्यमान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
साथै बैंकले ग्राहकहरूको सम्मानमा दुई योजनाहरू लयाएको छ । जसमा बैंकले पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम रु ३,४०० रुपैयाँसम्मको हुनेछ ।
दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुने बैंकले जनाएको छ ।
साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।