खरिदकर्ताको उत्साहले सेयर बजारले तोड्यो आफ्नै रेकर्ड, कारोबार रकम साढे ३ अर्ब कट्यो



काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम मात्रै गरेको छैन काराबोर रकमको आधारमा छ इतिहास नै रचेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारका कारोबार रकमले नयाँ इतिहास रचेको हो ।

आइतबारको कारोबारमा ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा रोकिएको छ । नेप्से ७५ अंकको हाराहारीमा बढेपनि पुन केही सुधार देखिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.०७ अंकले बढेर ३१७.५० बिन्दुमा रोकिएको छ ।

१७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै सूचक निकै उत्साहप्रद देखिएका छन् । यो दिन बजारमा खरिदकर्ताको चाप पनि निकै देखिएको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड ५६ लाख २१ हजार ७६६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ र इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेका छन् ।
५ वटा कम्पनीका सकारत्म सर्किट ब्रेक लाग्दा तारागाउँ रिजेन्सी होटल, बरुण आईड्रोपावर, पन्चकन्यामाई हाईड्रोपावर,नेशनल हाईड्रोपावर, जोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु