प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा गर्दै भने- अर्थतन्त्र बुझेको बहुप्रतिभाशाली व्यक्ति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अर्थतन्त्र बुझेको बहुप्रतिभाशाली व्यक्ति भएको बताएका छन् ।

शिवाकोटीले लेखेको  ‘मुलुक अब आर्थिक सम्बृद्धिको बाटोमा’ पुस्तकको बिमोचनको क्रममा प्रधानमन्त्री ओलीले चिन्तामणि नामको मात्र चिन्तामणि भएको उहालाई कुनै चिन्ता नभएको व्यक्ति भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा

उनले राष्ट्र बैंकमा त्यती धेरै जिम्मेवारी पाएर पनि आलेख लेख्ने र गीत लेख्ने काम गरेको भन्दै शिवाकोटीको प्रशंसा गरे । ओलीले शिवाकोटी अर्थतन्त्र बुझ्ने बहुप्रतिभा भएको व्यक्ति भएको बताए ।

राष्ट्र बैंकमा आगामी चैतदेखि गभर्नर पद खाली हुँदै छ । जसमा डेपुटी गभर्नर स्वत रेसमा हुन्छ ।


क्लिकमान्डु