प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गभर्नर डा चिरन्जीवि नेपालले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रशंसा गरेका छन् ।

शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक अब आर्थिक सम्बृद्धिको बाटोमा’ बिमोचन समारोहमा गभर्नर नेपालले शिवाकोटीले बहुप्रतिभाशाली व्यक्ति भएको बताए ।

उनले शिवाकोटीले कविता बाचन गर्ने,अनलाइनहरुमा आलेख लेख्ने र अहिले अर्थतन्त्रको बारेमा लेखेको किताबले यो क्षेत्रसँग सरोकार राख्नेलाई सकारात्मक सन्देश दिएको बताए ।
उनले किताबमा उल्लेख भएका विषय वित्तीय क्षेत्रको लागि आवश्यक भएको बताए ।

पुस्तकको बिमोचन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । राष्ट्र बैंकमा आगामी चैतदेखि गभर्नर पद खाली हुँदैछ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पुस्तकमा अर्थतन्त्रको बारेमा जानकार राख्नेको लागि काम लाग्ने विषयवस्तु भएको टिप्पणी गरे ।

किताबमाथि टिप्पण्ी गर्र्दै नेपाल आर्थिक पत्रकार समाज(सेजन)का पूर्व अध्यक्ष गोकर्ण अवस्थीले राज्यले आर्थिक सम्बृद्धिको बारेमा लिएको प्रयासको जानकारी लिन पुस्तक उपयोगी भएको बताए ।


क्लिकमान्डु