नेप्सेमा दोहोरो अंकको वृद्धि, हिमालयन डिस्टिलरीको मात्रै १८ करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार दोहोरो अंकले बढेकोे छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.३९ अंकले बढेर १३६३.९७ विन्दुमा कारोबार बन्द भएको हो ।

आइतबार दिन नेप्सेमा कुल १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा भने हिमालयन डिस्टिलरी कम्पनीले अग्रता लिएको छ । कम्पनीको १८ करोड ४ लाख भन्दा बढीको सेयर कारोबार भएको हो ।

साथै शिवम् सिमेन्टको १३ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ९६ लाख, शिखर इन्स्योरेन्सको ६ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी आइतबार सबैभन्दा बढी रिद्धी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । संस्थाको सेयर मूल्यमा ९.४९ प्रतिशतले वृद्धि भएको छ ।

साथै नविल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताले गुमाएका छन् । फण्डको आज सेयर मूल्यमा आज ६.६७३४ प्रतिशतले गिरावट देखिएको छ ।

यस्तै आइतबार नेप्सेमा सूचीकृत १२ वटा समूहमध्ये फाइनान्स, म्युचयल फण्ड र अन्य समूह बाहेक सबै समूहको परिसूचक बढेको छ ।


क्लिकमान्डु