यस्तो छ अमेजनका सीइओ जेफ बेजोसले १७ अर्बमा किनेको अलिशान बंगला (फोटो फिचर)



काठमाडौं । अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसले अमेरिकाको लस एञ्जलस्थित ज्याक वार्नरले बनाएको अति महंगो घर किनेका छन् ।

साढे १६ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब नेपाली रुपैयाँको लगानीमा बेजोसले हालैमात्र उक्त घर किनेको वालस्ट्रिट जर्नलले जनाएको छ ।

यो लस एञ्जल्सकै सर्वाधिक महंगो डिल भएको बताइएको छ ।

सन् १९३७ मा बनेको यो बंगला ९.४ हेक्टर जमिनमा फैलिएको छ । घरको परिसरमा सुन्दर बगैंचा र गेस्ट हाउस पनि रहेको छ । टेनिक कोर्ट र गल्फ कोर्ट पनि छ ।

बेजोस र उनकी ग्रलफ्रेन्ड लाँरेन सचेज एक वर्षदेखि नयाँ घरको खोजीमा थिए । उनीहरुले गत वर्ष न्यूयोर्कमा साढे ५ अर्ब रुपैयाँमा १२ बेडरुम भएको घर किनेका थिए ।


पुष्प दुलाल