महासंघमा यो पटक शुद्धिकरण गर्नको लागि कसिंगरलाई बढार्नुपर्छः पशुपति मुरारका



म उद्योग वाणिज्य महासंघका आबद्ध भएको १८ वर्ष भइसक्यो । बिनोद चौधरी दाई अध्यक्ष भएका बेलामा म सदस्यका रुपमा आएको थिए ।

म के भन्छु भने दिमाग र मुटुको बीचमा जहिले पनि द्वन्द्व चलिरहन्छ । जो वरिष्ठ उपाध्यक्ष चुनिएर आएका थिए, त्यसलाई अहिले कस्तो परिस्थितीमा पुर्याइयो । बिचार गर्नुपर्छ ।
कार्यसमितिको बैठक पटक–पटक बैठक बसिसकेको छ । त्यसमा के के एजेन्डामा छलफल भयो, कुन कुन एजेन्डालाई सम्बोधन गरियो ? व्यवसायीहरुलाई परेको समस्या के के छन् ? त्यसलाई सम्बोधन गरियो कि गरिएन ।

त्यो हेर्दा वास्तवमा म पीडाले मन दुख्छ । महासंघको लोगो लगाउँदा लाज लागेर खल्तीमा राखेको छु । यस्तो अवस्था सिर्जना गरिएको छ ।

आजको स्थितीमा यो टिम कस्ले छान्ने ? जब अध्यक्ष आउने पक्का भइसकेको छ । तपाईले अध्यक्ष चुनेर पठाइसक्नु भएको छ । भनेपछि कुन अध्यक्षलाई को–को मान्छे चाहिन्छ भन्ने कुरा त्यो छान्ने कस्ले त ?
अहिले हाम्रा केही नेताहरुले समितिका सभापति समेत बाँडेर हिँड्नु भएको छ । यही अवस्था भयो भने आउने अध्यक्षले काम गर्न सक्छ त ? हामीले छान्न त छान्यौ, भोलि उहाँले कसको समस्या समाधान गर्ने त ?
भनिन्छ नि दिमाग र मुटुको बीचमा द्वन्द्व चल्दा जहिले पनि दिमागको सुन्नु पर्छ । दिमाग स्वार्थी छ भनेर मैले मुटुको कुरा सुन्नुपर्छ भनेर भन्नु हुँदैन । अहिलेको अवस्थामा महासंघलाई बचाउनु पर्छ । अहिलेको अवस्थामा महासंघमा शुद्धिकरण गर्नुपर्ने भएको छ ।

आज कार्यसमितिमा अध्यक्ष गौण भएको छ । त बोल, त चुप लाग, तैले बोल्नुपर्छ अध्यक्ष त निरिह भएर बसिरहेको अवस्था छ । भनेपछि यो संस्थाको गरिमा यही हो त ? मैले गरेको काम के–के गरेँ के–के गरिन भनेर बसेको छैन ।

पूर्वको मान्छेलाई पश्चिम लैजाने, पश्चिमको मान्छेलाई पूर्व लैजाने यस्तो प्रकारले पनि निर्वाचन गर्न सकिन्छ ? यदी उहाँ सक्षम हुनुहुन्छ वा कोही उम्मेदवार सक्षम छ भने आफ्नो चिठी पठाएर पनि त चुनाव लड्न सकिन्छ नि त । तपाईहरु सबैले हरेक उम्मेदवारलाई चिन्नु भएको छ ।

उहाँ कस्तो काम गर्न सक्नुहुन्छ वा सक्नुहुन्छ सबै तपाईहरुलाई थाहा नै छ । के हामीले यो पद्धतिबाट चुनाव लड्न सक्दैनौ ? भीड जम्मा गरेर गर्नुपर्ने हुन्छ । आज कोही सक्षम होला नहोला तर भोलिका दिनमा आर्थिक रुपमा असक्षम र काम गर्न सक्षम भयो भने उसले चुनाव लड्न पाउने कि नपाउने ? भोट दिन सक्नुहुन्छ कि सक्नुहुन्न ?

हामी कुनै व्यक्तिको कार्यकर्ता होइनौं । कुनै पार्टीका कार्यकर्ता पनि होइनौं । सबै जना सक्षम हुनुहुन्छ । तपाईलाई थाहा छ कि के गर्दा हाम्रो व्यवसायलाई राम्रो हुन्छ । उद्योग वाणिज्य महासंघ भन्ने त हामी सबै उद्यमी व्यवसायीको छाता संगठन भनेको हामी व्यवसायीलाई सरकारले कुनै गलत निर्णय गर्छ भने त्यसका लागि लड्ने संस्था हो । त्यो संस्थाले निर्वाचनबाट छान्न सक्ने व्यक्ति यदी कार्यकर्ता जस्तो व्यवहार गर्छ भने हुँदैन । तपाई कसैको कार्यकर्ता त होइन ।

शेखर जीले राम्रो काम गर्न सक्नु भएन भने त उहाँलाई सोध्न सक्नुहुन्छ । यो काम किन नभएको भनेर ? भोलिका दिनमा किशोर जीलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गर्नुहुन्छ भने तपाईले काम किन गर्नु भएन भनेर प्रश्न सोध्ने अधिकार छ । हरेक कुरामा सहमति जनाउनु पर्छ भन्ने पनि छैन ।

आज कार्यसमितिमा अध्यक्ष गौण भएको छ । त बोल, त चुप लाग, तैले बोल्नुपर्छ अध्यक्ष त निरिह भएर बसिरहेको अवस्था छ । भनेपछि यो संस्थाको गरिमा यही हो त ? मैले गरेको काम के–के गरेँ के–के गरिन भनेर बसेको छैन ।

हाम्रो उद्देश्य के छ भने हामी उद्योगी व्यवसायीलाई राज्यको तर्फबाट कुनै समस्या पर्नु भएन । वा हामी उद्योगीलाई केही समस्या परेको छ भने महासंघले पैरवी गरिदिओस् भन्ने मात्रै हो ।
बजारमा गएर साधारण कलम किन्न पर्यो भने ४ वटा कलम हेर्छौ भने महासंघको वरिष्ठ उपाध्यक्ष जो भोलिको अध्यक्ष पनि हुन्छ त्यो निर्वाचन गर्दा हामीले ठीक र बेठीकका आधारमा छान्न पाउने कि नपाउने ? कसैले ह्विप जारी गर्दैमा हाल्नु पर्छ ? आज निषेधको राजनीति गरिएको छ ।

म सबै साथीहरुलाई भन्छु सबैसँग प्रश्न सोध्नुहोस्, छलफल गर्नुहोस जो उम्मेदवार सक्षम छ उसलाई भोट हाल्नुहोस् । त्यसैले यदी किशोर जी सक्षम हुनुहुन्छ भने उहाँलाई भोट दिनुहोस् ।

पदाधिकारी मिटिङमा दुई वटा पक्ष हुनुहुँदैन । तर आजको अवस्था हेर्दा भोलिका दिनमा त्यो देखिनेछ । प्रष्ट रुपमा । मेरो आग्रह छ जो सक्षम उम्मेदवार छ उसलाई भोट हाल्नुहोस् । वादविवाद गरौं । बहस पनि गरौं । निश्चित रुपले आउने नेतृत्वले महासंघलाई माथि उठाएन भने भोलिका दिनमा अझैं अप्ठ्यारो अवस्था आउनेछ ।

अहिलेको अवस्थामा सरकारले हामी उद्योगीलाई हेर्ने दृष्टिकोण एकदम गलत र नकारात्मक छ । किनभने हामीहरु बीच नै गुट छ । मेरो कार्यकालमा संयुक्त रुपमा बजेटमा सुझाव दिएका थियौं । दिल्लीमा आपले झाडुले बढारे जस्तै महासंघमा यस्ता प्रवृतिलाई बढार्नुपर्छ ।

महासंघका निवर्तमान अध्यक्ष मुरारकाले बिराटनगरमा किशोर प्रधानको उम्मेद्वारी घोषणा कार्यक्रमा व्यक्त गरेको विचार


क्लिकमान्डु