नेप्सेमा सामान्य गिरावट, कारोबार भने १ अर्ब ७७ करोड बढी



काठमाडौं । साताको अन्तिम कारोबारका दिन (बिहिबार) सामान्य अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा कारोबार बन्द भएको हो ।

सो दिन नेप्सेमा सुचिकृत १ सय ७२ कम्पनीहरुको ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने आज हिमालयन डिस्टिलरी कम्पनीले अग्रता लिएको छ । कम्पनी १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

यस्तै शिवम् सिमेन्टको ९ करोड ७५ लाख, एनआइसी एशियन लाइफ इन्स्योरेन्सकोे ६ करोड ५१ लाख र नागरिक लगानी कोषकोे ५ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरि बिहिबार गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । संस्थाकोे प्रतिसेयर मूल्यमा ९.९३ प्रतिशतले वृद्धि भएको छ भने नेपाल हाइड्रो डेभलभर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । जसको प्रति सेयर मुल्यमा ५.१०९४९ प्रतिशतले गिरावट आएको छ ।

सो दिन नेप्सेमा सुचिकृत १२ वटा समुह मध्ये ५ वटा समुहको सुचक घटेको छ भने बाँकी समुहको सुचक वृद्धि भएको छ ।


क्लिकमान्डु