हिमालयन बैंकको साधारणसभाले ५ संचालक छान्यो, शेयरधनिलाई १० प्रतिशत वोनस सेयर



काठमाडौं । हिमालयन बैंकले २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताए ।

बैंकले आर्थिक बर्ष २०७५÷७६ अन्त्य सम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुयैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट ५ जना निर्बिरोध निवाचित भएका छन । निर्वाचित हुनेमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसी प्रसाद गौतम, सुनिल बहादुर थापा र आशिष शर्मा रहेका छन ।
नवनिर्वाचितलाई बधाई दिदै अध्यक्ष श्रेष्ठले चालु आर्थिक बर्षमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्दै सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउदै लैजाने बताए ।


क्लिकमान्डु