सेन्चुरी बैकको नाफा २५.४९% ले बढ्यो, निक्षेप संकलन ६१ अर्ब २४ करोड



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेन्चुरी कमर्सियल बैकको नाफा २५.४९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आवको सोही अवधिमा नाफा १३ करोड २१ लाख रुपैयाँले बढाएर ६५ करोड २ लाख रुपैयाँ पुर्याएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा पनि २५.६७ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा ७२ करोड ४७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा १८ करोेड ६० लाख रुपैयाँले बढाएर ९१ करोड ७ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ १.६१ प्रतिशत र कर्जा लगानी तर्फ ४.५१ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ६१ अर्ब २४ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

जसबाट बैंकले ब्याज आम्दानी तर्फ १४.०७ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बैंकले ब्याज आम्दानी १८ करोड ८५ लाख रुपैयाँले बढाएर १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३० लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने, बैंकको जगेडा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै, बैंकले समिक्षा अवधिमा खराब कर्जा अनुपात ०.८३ प्रतिशतले बढेको छ । गत आवकोे पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात १.६७ प्रतिशत कायम भएको छ ।

साथै सो अवधिमा बैंकको कष्ट अफ फण्ड ७.८६ प्रतिशत, वेसरेट १०.३५ प्रतिशत, स्प्रेडरेट ४.७६ प्रतिशत, सीसीडी रेसियो ७९.०३ प्रतिशत, प्रतिसेयर आम्दानी १५.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ ।


क्लिकमान्डु