मेगा बैंकको नाफा २९.८०% ले वृद्धि, खुद ब्याज आम्दानी २ अर्ब १३ करोड



काठमाडौं । मेगा बैंकको नाफा २९.८० प्रतिशत नाफा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड २० लाख रुपैयाँ खुद नाफामा २१ करोड ८१ लाख रुपैयाँ थप गरी ९५ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ६२ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

सो अवधिमा बैंकको निक्षेप संकलनमा १.९४ प्रतिशत र कर्जा प्रवाहमा ६.१९ प्रतिशतको वृद्धि देखिएको छ । पुस मसान्तसम्म बैंकले ८० अर्ब २१ करोड ६० लाख रुपैयाँ निक्षेप संकल गरी ७४ अर्ब १८ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी तर्फ भने १९.७९ प्रतिशतको वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म १ अर्ब ७८ करोड १ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३५ करोड २३ लाख रुपैयाँले बढाएर २ अर्ब १३ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात १.९९ गुणा कायम भएको छ । सो अवधिसम्ममा बैंकको खराब कर्जा १.४९ प्रतिशत, कष्ट अफ फण्ड ७.२५ प्रतिशत, वेसरेट ९.७६ प्रतिशत, स्प्रेडरेट ५.६० प्रतिशत र सीसीडि रेसियो ७९.८५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु