एनआईसी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा



काठमाडौं । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका छन् । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवं पदाधिकारी तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।


क्लिकमान्डु