१४ करोड तलब खाने बैंकर पारस साहले ‘स्यान्डवीच’ चोरी गर्दा जागिर चैट



एक नामी बैंकर, आरामदायी विलासी जिन्दगी, तलब मात्रै वर्षको १४ करोड रुपैयाँ । यति राम्रो करिअर भएको व्यक्तिको लोभ कतिसम्म हुन्छ भन्ने यी बैंकरले गरेको हकर्तबाट पुष्टि हुन्छ ।

३१ वर्षे बैंकर पारस साहले स्टाफ क्यान्टिनबाट गैरकानूनी रुपमा ‘स्यान्डवीच’ चोरी गरेका थिए । जसले गर्दा उनी जागिरबाट निलम्बित हुनुपरेको छ ।

सिटी ग्रुप बैंकमा मिडल इस्ट र अफ्रिका हेर्ने यी उच्च पदस्थ बैंकरले गत महिना स्टाफ क्यान्टिनबाट स्यान्डवीच चोरी गरेका थिए । त्यसपछि बैंकले उनलाई निलम्बित गरेको थियो ।
यद्यपि उनले कति वटा स्यान्डवीच चोरी गरेका थिए भन्ने अहिलेसम्म यकिन छैन ।

द इम्प्लोइ रिभ्यू वेवसाइट ग्लासडोरका अनुसार उनले वार्षिक १४ करोड रुपैयाँ पारिश्रमिक लिन्थे ।

साहले बैंकमा रिस्की व्यवसायमा बिक्रेता र क्रेतालाई मिलाउने काम गर्दथे । उनी सेक्युरिटी, ट्रेडिङ र रिस्क व्यवस्थापनमा दक्ष थिए । साहले सन् २०१० मा लन्डनस्थिन इडमोन्टोनस्थित बाथ विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए ।

उनले एचएसबीसीमा फिक्स्ड इन्कम ट्रेडिङ डिभिजन स्किममा ७ वर्ष काम गरेपछि सिटी बैंकमा सन् २०१७ मा आबद्ध भएका थिए ।

साह जस्तै सन् २०१६ मा जापानको मिजुओ बैंकमा एक बैंकरले ८ हजार रुपैयाँ बराबरको साथीको सहकर्मीको बाइक चोरेको आरोप लागेको थियो । डेलिमेलबाट साभार


क्लिकमान्डु