सिटिजन्स बैंकका ग्राहकले एल्लो प्यागोडा होटलमा विशेष छुट पाउने




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एल्लो प्यागोडा होटेलबीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले एल्लो प्यागोडा होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु