गण्डकी विकास बैंकको नाफा ६.६७ प्रतिशतले घट्यो



काठमाडौं । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा २४ करोड ५० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६।६७ प्रतिशतले घटेको हो । गत वर्षको पुस मसान्तसम्म बैंकले २६ करोड २५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सोही अवधिमा बैंकको सञ्चालन नाफा ३७ करोड ३९ लाख रुपैयाँबाट घटेर ३४ करोड ८८ लाख रुपैयाँमा सीमित भएको हो । बैंकको वितरणयोग्य नाफा भने १६ करोड १९ लाख ४५ हजार रुपैयाँ छ ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले पुस मसान्तसम्म ३१ अर्ब ७८ करोड ७८ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ९९ करोड ८९ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले गत वर्षको यसै अवधिको तुलनामा १९।३३ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको पुस मसान्तमा ५५ करोड ४२ लाख ७४ हजार रुपैयाँ ब्याज आम्दानी गरेकोमा बैंकले चालु आवको सोही अवधिमा ५५ करोड ४२ लाख ७४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यसैगरी, समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०।९३ प्रतिशत, कष्ट अफ फण्ड ८।६५ प्रतिशत, वेसरेट ११।१२ प्रतिशत, स्प्रेडरेट ४।९९ प्रतिशत, प्रतिसेयर आम्दानी १७।८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७।३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११।२८ गुणा छ ।


क्लिकमान्डु