अर्थमन्त्रीको विधेयक: गभर्नरलाई सरकारले जुनसुकै बेला हटाउने सक्ने, सीइओ हुन ६५ वर्ष उमेर हद



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा चारवटा विधेयक प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा कुनै दाबी बिरोध नआएपछि अर्थमन्त्री खतिवडाले विषयगत समितिमा छलफलमा लैजानको लागि विधेयक फुल हाउसमा पेश गरेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संशोधन गर्न बनेक विधेयक, नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा पेश गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा ऋणपत्र निष्कासन विधेयक प्रस्तुत गर्दै विधेयकले ऋणपत्रको दोस्रो बजारमा कारोबार सुनिश्चिता हुने बताए ।

यस्तै राष्ट्र बैंक विधेयकले प्रादेशिक रुपमा कार्यालय स्थापना गर्ने तथा बाफिया विधेयकले नागरिकको निक्षेप,संचालक व्यवसायिकबीच संचालक र प्रमुख कार्यकारी अधिकृत उमेर हद लगाएको तथा लघुवित्त संस्थाको सेयर स्वामित्वमा नयाँ व्यवस्था गरेको जानकारी दिए । धितोपत्र विधेयकलाई पनि समय अनुसार परिवर्तन गर्न लागिएको बताए ।

अर्थमन्त्रीले पेश गरेका दुईवटा विधेयकमा मुख्य रुपमा राष्ट्र बैंक र ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमा अर्थसमितिमा बढी विवाद हुने देखिन्छ । विगतमा यो विधेयकमा बढी विवाद भएको छ ।

यो पटक सरकारले गभर्नरलाई काममा ढिला गरेको आरोपमा नै अवकास दिन सक्ने अमुर्त शब्द राखेको छ । जसले राष्ट्र बैंकलाई र राष्ट्र बैंकको स्वायत्ततालाई नै कमजोर बनाउने छ ।

बैंक तथा वित्तीय संस्था विधेयकमा व्यवसायिकलाई बैंकको संचालक बन्न रोक लगाउने प्रावधान राखिएको छ । यस्तै बैंकको संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई ६५ वर्षको उमेरहद लगाइएको छ । राष्ट्र बैंकले निर्देशिकाबाट उमेरहद तोकेपनि सर्बोच्च अदालतले कानून बनाएर मात्र यो व्यवस्था लागु गर्न सकिने तर,निर्देशिकाको भरमा नसकिने फैसला सुनाएको थियो ।

प्रतिनिधिसभामा पेश भएपछि अब यो विधेयक अर्थसमितिमा जाने छन् । अर्थसमितिमा संसोधनको सूचना जारी गरेसँगै विधेयकमा दफावार छलफल हुने छ । त्यसपछि विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरेर मात्र कार्यान्वयनमा आउने छ ।


क्लिकमान्डु