१० कित्ते नीतिले सेयर बजारको विकास गर्दैन: सेयर विश्लेषक प्रकाश तिवारी

क्लिकमान्डु २०७६ माघ १९ गते ११:०८ मा प्रकाशित

युवा यद्यमी प्रकाश तिवारी सेयर बजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् । सेयर बजारको बारेमा फरक विश्लेषण उनको परिचय नै हो । पछिल्लो समय सेयर बजारको बारेमा विभिन्न लगानीकर्ताको फरक फरक विश्लेषण छ । सेयर बजारका विभिन्न विषयमा क्किलमाण्डूका लागि सोभित थपलियाले तिवारीसँग गरेको कुराकानी

पछिल्लो समयमा सेयर बजार कुन दिशातर्फ गइरहेको छ ?

सेयर बजार १८८१ विन्दुमा पुगेर घटेको हो । र, घटेर ११०० बिन्दुसम्म आएको थियो । १८८१ मा पुग्नुको कारण राजनीतिक परिवर्तन हो । २०६४ सालमा माओवादीको सरकार आएपछि लगानीकर्ताको अप्टिमिजमले काम गरेको थियो । त्यो समयमा कम्पनीको वित्तीय अवस्थाभन्दा पनि लगानीकर्ताको सोचले काम गरेको थियो ।

२०६४ सालमा ११७५ पुगेको बजारमा डा. बाबुराम भट्टराईले सेयर बजारको विषयमा दिएको प्रतिक्रियाले बजार घट्यो भनियो । त्यो बेलामा त्यत्ति मात्रै कारण पनि नहोला । २०६४ मा बजारमा ब्रेक हुँदा २९२ मा आएको बजार विस्तारै १८८१ मा पुगेको छ । यसबीचमा धेरै खेल्दा खेल्दै गएको हो ।

अहिले कम्पनीको अवस्था, प्राइस अर्निङ रेसियो हेर्दा बजारको बारेमा जान्न सकिन्छ । पहिला बजार ९००को हाराहारीमा आउँछ की भन्ने थियो । बजारमा इकोनोमी भ्यालुभन्दा पनि राजनीतिक उतारचढावले काममा गरेको थियो ।

जसका कारण बजार १ हजारदेखि ९ सयको हाराहारीमा आउने विज्ञहरुले आँकलन गरेका थिए । तर बजार बजार ११ सयभन्दा तल आएन । अब योभन्दा बजार तल आउँदैन । ११ सय आएको बजार १३ सय कटेर पुनः ११०८ मा आएर फेरि बजार बढन थालेको छ ।

बजार बढन थालेपनि लगानीकर्ताले बजार बढी रहोस् भन्ने चाहन्छन । तर बजारमा भनेको घटबढ हुनैपर्छ । सधै बढि रहन्न् । अब बजार ११ सयभन्दा तल जानका लागि कुनै नीतिगत परिवर्तन भयो भने मात्रै हो । नत्र योभन्दा तल बजार जान्छ भन्न सकिँदैन । फेरि यहि अवस्थामा बजार दौडेर १८ सय, २ हजार, ३ हजार पुग्छ भन्ने आधार पनि कुनै छैन ।

अहिले सेयर बजारमा बुलिस ट्रेन्ड शुरु भएको हो की होइन ?

टोटल बुलिस ट्रेन्ड ३/४ वर्ष रहन्छ । फूल बुल भनेको ६ देखि ८ महिना मात्रै हो । पूर्ण बुलिस ट्रेन्डमा मानौं १ हजारको इन्डेक्स २ हजार पुग्यो भने पनि प्रतिवर्ष २५० को दरले बढ्छ भन्ने हुँदैन । कुनै वर्ष १०० ले बढला कुनै वर्ष २ सयले बढ्ला । कुनै वर्ष त्योभन्दा पनि बढी बढ्न सक्छ । बुलिस ट्रेन्ड शुरु भयो भन्दैमा ४/ ५ महिनामा नै १८८१ लाई ब्रेक गरेर २२÷२५ सय पुग्छ भनेर भन्न सकिने कुनै आधार हुँदैन ।

अहिले बजारमा नयाँ कम्पनी आउनु पर्यो भनेर जाने हो की, १ हजारको इन्डेक्स १८ सय पुग्यो भनेर ताली बजाउने हो ।

अहिले इन्डेक्स १३३० को आसपासमा छ । अब १५ सय, १६ सयमा पुग्छ भन्न सकिन्न । यो बजार ११ सयमा त आउँदैन । १२ सयमा आएर फेरि १३ सय कटेर १४ सयमा पुगेर केही करेक्सन हुँदै १५ सय हुँदै माथि जान सक्छ । बिस्तारै खुड्किला बनाउँदै बजारमाथि जान्छ भन्ने हाम्रो आंकलन हो ।

बुलिसमा आउने, बियरिस भएपछि लगानीकर्ता बाहिरिने गरेका छन् । नेपालमा सेयर बजार बुझ्ने लगानीकर्ता कत्तिका छन् ?

आजभन्दा एक महिना अघि धेरै आर्थिक मिडियाले अर्थमन्त्रीको कारण बजार घट्यो, मन्त्रीको कारण बजार घट्यो, मन्त्री गएपछि बजार फर्कन्छ भनेर लेखे । लगानीकर्ताले पनि त्यही भने । यसबीचमा मन्त्री जाने कुरा न निश्चित भयो । न नयाँ अर्थमन्त्री आए । तर बजार १८÷२० प्रतिशतले बढेको छ । उहाँको नीतिमा कुनै परिवर्तन भएको छैन । उहाँको बोलीमा मात्रै केही फरक परेको होला ।

उहाँ बजारप्रति नकारात्मक हो की भन्ने देखिएको थियो । अहिले उहाँ अलि सफ्ट हुनु भएको छ । बजारमा उहाँको भनाइ केही नरम आएको छ । त्यसको आधारमा मात्रै त बजारमा यत्रो सुधार हुँदैन ।

अहिले मिडियाले इन्डेक्स यति पुग्यो भनेर लेखिरहेका छन् । अहिले बैंकको सेयर होल्ड गरेर बसेकाको पूरै पोर्टफोलियोमा २÷४ प्रतिशतभन्दा सुधार आएको छैन । कुनै सेयर १०० प्रतिशत पनि बढेको छ । अहिले कारोबार २ अर्ब भयो, अब बुलिस शुरु भयो भनिन्छ । अहिले तथ्यांक हेर्दा २ अर्बको कारोबार भएपछि पनि बजार घटेको छ । धेरै काराबोर हुँदैमा बजार बढ्छ भन्ने होइन । यति कारोबार भयो बजार बढछ भनेर भन्न सकिँदैन । बजार घटने समयमा कारोबार रकम बढ्यो भने बिक्री गर्ने बढी छन् र बजार बढने समयमा कारोबार रकम पनि बढ्यो भने खरिदकर्ता बढी छन् भनेर भन्न सकिन्छ । तर कारोबार रकमलाई नै हेरेर यसै होला भन्न सकिदैन ।

सेयर बजारमा अहिलेपनि इन्साइडर ट्रेडिङ भएपनि नियामक निकायले अहिलेसम्म कसैलाई कारवाही गरेको रेकर्ड छैन

सेयर बजारको बारेमा हुने गरेको विश्लेषण सतही हुने गरेको हो ?

बजारमा अल्पकालीन लगानीकर्ता हाबी भए भनिन्छ । मेरो प्रश्न अल्पकालीन लगानीकर्ता भनेको को हो ? जो पनि सेयर बजारमा आउँछ । केही समय बजारमा बस्ने, फेरि निस्कने र फेरि आउनेखालका लगानीकर्ता कमै छन् । बजार चलिरहेको समयमा एउटा क्षेत्रबाट अर्को क्षेत्र, अर्कोबाट अझ अर्कोमा जान सकिन्छ । बजार घटन थालेपछि सबै इनभेस्टर हुन् । बजार बढन थालेपनि सबै ट्रेडर हुन् ।

नेपालमा लगानीकर्ताको मनोविज्ञान फरक खालको छ । १ हजार रुपैयाँमा किनेको सेयर ९ सयमा आयो भने सय रुपैयाँ घाटा लाग्यो किन बेच्ने ? फेरि ५ सयमा आयो, फेरि घाटा खाएर किन बेच्ने भनेर होल्ड गर्दागर्दै ब्याज पनि तिरिरहेको हुन्छ । त्यसपछि विस्तारै बजार बढन थाल्छ ।

१ हजारमा किनेको सेयर ११ सयमा पुगेपछि लगानीकर्ताले ५ सयमा हुँदाको समय, तिरेको ब्याज बिर्सन थाल्छ । १ सय रुपैयाँ फाइदा आउँछ भनेर बिक्री गर्छ । बिस्तारै बजार बढ्दै जान्छ । बढेपछि मानौ त्यही सेयर फेरि १३ सयमा किन्न थाल्छ । त्यो सेयर १५ सयमा पुगेपछि उसले २ सय रुपैयाँ कमाए भन्छ बेच्छ, त्यो बढदै जाँदा २ हजार पुग्छ । २ हजारमा किन्छ । त्यो सेयर १७ सयमा नआउला भन्न के बेर । यो बेला ५ सयको सेयर २ हजार पुगेको, १७ सय पुगेको देखिन्छ । तर लगानीकर्तासँग पैसा हुँदैन ।

२०६४ सालमा वाणिज्य बैंकको पुँजी २ अर्ब थियो । अघिल्लो पटक ८ अर्ब पुग्यो । बोनसमा त लगानीकर्ताको पैसा पर्दैन, तर, हकप्रदमा आफै लगानी गर्नुपर्ने हुन्छ । बजारमा त्यही कम्पनकिो सेयर मूल्य बढी बढ्छ किन ?

नेपालको सेयर बजारमा २१२ वटा कम्पनी छन् । त्यसमा १४९ वटा बैंकिङ, फइनान्स, इन्स्योरेन्स कम्पनी छन् । त्यसमा पनि निरन्तर कारोबार हुने कम्पनी पनि निकै कम छन् । हाम्रो सेयर बजार बोनस, हकप्रद आउने भयो भने बढने गरेको छ । कुनै पनि सूचना आउने बेलामा बजारमा खेल्ने गरिएको छ । कुनै कम्पनीको हकप्रद स्वीकृत भएपछि त्यसको सेयरमा १०/१२ प्रतिशत बढ्छ । लगानीकर्ता कुनै सूचना आएपछि बजार बढने गरेको छ । र, त्यो भनेको बजारमा इन्साइडर ट्रेडिङ हाबी भएको हो । कुनै एक कम्पनीको बोर्डले बनाएको योजना चुहावट हुन्छ । त्यो भएपछि सीमित मान्छेले बजार बढाउन थाल्छ । त्यो आएपछि बजारमा १५/२० प्रतिशतको सुधार आउने आंकलन छ ।

आज पनि कुनै कम्पनीले लाभांश दिने भयो भन्ने हल्ला चलेपछि बढ्न थालेको हुन्छ । जुन लाभांश दिएपछि कम नै हुन्छ । सेयर बजारमा इन्साइडर ट्रेडिङको समस्या कायमै छ ।

यसबाट सबैभन्दा बढी को प्रभावित हुन्छन ?

हाम्रो बजारको साइज सानो छ । सबैको ध्यान यसैमा छ । यसलाई ठूलो बनाउँ भन्ने कसैको ध्यान छैन । बजारमा इन्स्ट्रयुमेन्टको धेरै अभाव छ । पहिला इक्विटिको सेयर कारोबार हुने गरेको थियो । अहिले बल्ल ऋणपत्रको सेयर कारोबार हुन थालेको छ ।

बजारमा न इन्डेक्स फण्ड छन्, न मल्टिपल कम्पनी छन् । अहिले ६ महिनामा आईपीओ आउने गरेको छ । १ सयको आईपीओ हालेको कम्पनीको मूल्य ५० को हाराहारीमा पनि छन् । बजेटमा भएको जस्तो चुक्ता पुँजी १ अर्ब माथिको कम्पनीलाई पब्लिक लिमिटेड बनाउने भन्ने थियो । त्यो कम्पनी नेप्सेमा सूचीकृत हुने भन्ने थियो । अहिलेसम्म खोइ कति कम्पनी आए त ?

कतिपय पुराना राम्रा कम्पनीको पुँजी १५÷२० करोड छ । ती कम्पनीको रिजर्भ फण्ड हेर्दा अर्बौमा छ । त्यस्ता कम्पनीको आइपीओ आउनु पर्नेकी नपर्ने ? उसको कोर क्यापिटल र रिजर्भ जोडदा १ अर्ब बढी भएका कम्पनीलाई आईपीओ जारी गर्ने व्यवस्था गर्ने की नगर्ने ? अहिले त त्यही सेयर कुनै बेला २ हजार पुग्ने कुनै बेला १५ सयमा घुम्ने गरेको छ । यहीभित्रै बजार घुमिरहेको छ ।

तपाईको अर्थ अहिले भएका कम्पनीभन्दा अन्य कम्पनीलाई बजारमा ल्याउने विषयमा रेगुलेसनले ध्यान नदिएको भन्ने हो ?

सबै स्टेक होल्टरले पनि ध्यान दिनु आवश्यक छ । पहिला सरकार स्थिर थिएन । अहिले स्थिर सरकार छ । त्यो सरकारले ल्याउने नीति पनि त्यही अनुसारको हुनुपर्छ । नियामक निकाय धितोपत्र बोर्डले नियमन गर्छु भनेर बसेर मात्रै हुँदैन । त्यही अुनसारको कानून आवश्यक छ । नेपालको बजारमा खुलेआम समस्या छ । त्यसलाई नियमन कसरी गर्ने, लगानीकर्ता आफै कसरी सचेत हुने, यत्रो बजारमा ५ वटा संगठन छन्, ती संगठनले बजारको बजारको विकासका लागि कस्तो काम गर्ने, त्यसको फाइदा लगानीकर्ताले कसरी लिने ? सरकारलाई नियामक निकायलाई घच्घचाउने हो की बोर्डले यस्तो गरेन भन्दै उनीहरुलाई नै गाली गरेर बस्ने हो ? अहिले बजारमा नयाँ कम्पनी आउनु पर्यो भनेर जाने हो की, १ हजारको इन्डेक्स १८ सय पुग्यो भनेर ताली बजाउने हो । अनी बजार बढन थाल्दा चुप लाग्ने, कमाइको छ भनेर चुप लाग्ने अनी बजार घटन थालेमा गाली गर्न थाल्ने, बजार घट्यो म त डुबे भनेर कोलाहाल गर्र्दै हिँडने, बजार यो कारण बढ्यो भने हाम्रो पनि राम्रो हुन्छ सबैले कमाउन सकिन्छन भनेर कहिले सोच्ने । बजार बढ्दा एक जनाले मात्रै होइन हामी सबैले कमाउँछौं भन्ने अवधारणा जहिलेसम्म विकास हुँदैन तबसम्म बजारको विकासमा समस्या रहन्छ ।

धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरको सीमा राखेको छ । विकसित देशमा सबै जनताले सेयर किन्छन कि इन्स्ट्रयुमेन्ट विकास गर्छन् ?

सबै मान्छेलाई सेयर दिनुपर्छ भन्ने जरुरी किन ? अपर तामाकोशी जस्ता कतिपय हाईड्रोपावरमा गाउँगाँउका मान्छेलाई सेयर दिएको छ । त्यो कत्तिको प्रभावकारी भएको छ । सबैले १० ÷१० कित्ता सेयर पाउने सिस्टम भएपछि आईपीओ हाल्ने मान्छे कति बढे ?

पहिला २÷४ लाख मान्छेले सेयर किन्ने गरेका थिए । सबैलाई १०/१० कित्ता दिए पनि समूह त्यो नै हो । अहिले सरकारले राजनीतिक विषयको रुपमा यस्तो विषय ल्याउँनुहुँदैन । चिलिमेको सेयर गाँउगाँउमा पुगेर के भयो । त्यो सेयर स्थानीयलाई दिने भनेपछि केही त्यहाँ जग्गा किन्न थाले । त्यहाँका मान्छेको नाममा सेयर किन्ने पनि धेरै थिए । अहिले ती मान्छे कता गए थाहा छैन । त्यो कम्पनीको सेयर बजारमा २ हजारभन्दा बढी भएको समयमा १२०÷१३० रुपैयाँमा पनि उठाएका थिए । रसुवाका मान्छेलाई अहिले पनि सेयर भनेको के हो थाहा छैन । त्यहाँका मान्छेलाई सेयर भर्न लगाउनुको अर्थ के त ?

राम्रोसँग चल्न नसक्ने कम्पनीलाई आईपीओ ल्याउन दिनु नियामकको पनि कमजोरी छ

अहिले सेयर जनतालाई बिक्री गर्ने सन्दर्भमा सरकारले ल्याएको नीति कस्तो हो ?

देशैभरीका जनतालाई सेयर दिने भन्ने विषय आफैमा विरोधाभाष छ । सेयर कारोबार गर्नका लागि त्यसको बारेमा जानकारी राख्न आवश्यक छ । त्यसको सेयर मूल्य दैनिक तल माथि भइ रहेको हुन्छ । कम्पनीको ग्रोथ कसरी भएको छ भन्ने विषयका अध्ययन गर्न आवश्यक छ । जसलाई सेयर के हो थाहा छैन, त्यो कम्पनीको सेयर हातमा लिएर मात्रै के गर्ने, भोलि त्यो सेयर बिक्री गर्ने कसरी भन्ने पनि थाहा छैन । त्यसको मूल्य कति हो पनि थाहा छैन । त्यस्ता मान्छेलाई के फाइदा हुन्छ त ?

हामीले पुँजी बजारमा १५ खर्ब क्यापिटलाइजेसन छ भनिरहेका छौं । तर त्यमध्ये ५ खर्बको मात्रै निरन्तर कारोबार हुने गरेको सेयर छ । तपाईसँग भएको संस्थापक सेयर बिक्री गर्ने हो भने नमस्कार गर्दै किन्ने मान्छे खोज्नुपर्ने अवस्था छ । अहिले जग्गा बेच्नभन्दा संस्थापक सेयर बिक्री गर्न समस्या छ । नियामक निकायले त्यो अवस्था सुुधार ल्याउनु पर्दैन र ? त्यही सेयर संस्थापकको मूल्य आधा, सर्वसाधारणको दोब्बरभन्दा बढी छ । त्यही कम्पनीको संस्थापक सेयरमा दिने ऋण कम र साधारण सेयरमा दिने ऋण बढी हुने गरेको छ । त्यो अवस्थामा सुधार हुनुपर्छ की पर्दैन ?

हकप्रद खुलेपछि माग अनुसार नपरेमा त्यसलाई पनि अक्सनमा लगेर कम्पनीले वर्षभरी कमाएकोभन्दा लिलामीबाट कमाउने गरेका छन् । त्यो रोग जस्तै भएको थियो । अहिले कम भएको छ । अक्सनमा बढी हाल्न पाउने खालको कानून आउँदै छ भनिएको थियो । त्यो अहिले कहाँ पुग्यो थाहा छैन ।

एउटै कम्पनीको प्रमोटर र पब्लिक सेयरमा पनि पब्लिक सेयर ५ सयमा कटअफ हुन्छ, ११० रुपैयाँमा प्रमोटरको कटअफ हुन्छ । पुरानालाई प्राथमिकता दिने नयाँ आउन सक्नेलाई किन प्राथमिकता नदिने ।

सेयर बजारमा सुधार गर्नुपर्ने कुरा के–के छन् ?

बजारमा केही नभएको होइन । धेरै काम भएको छ । तर त्यो नै पूर्णता होइन । गर्न बाँकी काम धेरै छन् । आईपीओ हाल्नका लागि लाग्ने लाइन सकिएको छ । फिजिकल सर्टिफिकेटर बोकेर हिँडने, पहिला लाभांश नपाउने जस्ता समस्या समाधान भएको छ । अहिले त लाभांश सिधै बैंक खातामा जाने गरेको छ । यस्ता समस्या समाधान भएको छ । धेरै हुनुृपर्ने काम ओझेलमा परेको छ । अहिले हामी बजार घटने र बढनेसँग मात्रै फोकस भएका छौं । केही लगानीकर्तालाई बजार सँधै बढे हुन्थ्यो भन्ने छ । बजारको दायरा विकास हुन आवश्यक छ । लगानीकर्ताले यसको बारेमा जान्न आवश्यक त । सेयर शिक्षा प्रभावकारी छैन । बोर्ड, नेप्से, ब्रोकर मर्चेन्ट बैंकर्सले आफै गर्नुपर्छ । तर उनीहरुले गरेका छैनन् । अहिजे बजारमा बुझेर आउने लगानीकर्ता निकै कम छन् । हामीले अबको ५ वर्षपछि के हुन्छ भनेर अध्ययन गरेर कानून ल्याउन आवश्यक छ ।

नेपालको सेयर बजार शुरु भएयता इन्साइडर टे«डिङको नाममा कारबाही भएको देखिएको छैन । कुनै बेला ब्रोकरलाई स्पष्टिकरण सोध्ने काम बाहेक भएको छैन । यत्रो बजारमा इन्साइडर टे«डिङ नभएकै होला त ? यस्ता विषयमा नियामकले के हेरि रहेको छ ?

जलविद्युत समूहको सेयरमा रेटिङ गर्दा ५ पाएका कम्पनीलाई सेयर ल्याउन नदिने भनेपछि कति कम्पनीको ५ आयो त्यो हेरौ न ? त्योभन्दा रमाइलो त रेटिङमा ५ आएकाले सेयर जारी गर्न पाउने समयसम्म ५ आउने गरेको थियो । तर जब त्यसलाई ४ मा झारियो त्यसपछि ४ मात्रै आउने गरेको छ । त्यसपछि कुनैको पनि ५ आएको छैन । पछि ३ आउने व्यवस्था गरे सबैको ३ आउँछ । यस्ता खालका कानून ल्याएर के गर्ने ?
पहिला साधारण सेयरमा लगानी गरेपछि त्यो घट्दैन भन्ने मान्यता थियो । अहिले त दर्जन बढी कम्पनीको सेयर मूल्य १ सयभन्दा कम छ, यसमा दोषी को ?

पहिला आईपीओ हालेपछि त्यो कुनै हालतमा पनि घट्दैन । १ सयमा हालेको आईपीओ बढ्छ भन्ने मान्यता थियो । अहिले त्यो रहेन । त्यसमा संस्थापकको पनि घाटा नै छ । राम्रोसँग चल्न नसक्ने कम्पनीलाई आईपीओ ल्याउन दिनु नियामकको पनि कमजोरी छ । साथै लगानीकर्ताले पनि कस्तो कम्पनीमा लगानी गर्ने भन्नेमा पनि ध्यान दिन आवश्यक छ । १२÷१५ वर्षसम्म लाभांश नदिइ बस्ने कम्पनीको भर हुँदैन की भनेर पनि सोच्नुपर्ने बेला आएको छ । कमजोर कम्पनीलाई आईपीओ ल्याउनु रोक्नु आवश्यक छ । जनताको जलविद्युतको नाममा सेयर ल्याएर जनताले गुमाउनु भनेको राष्ट्रले गुमाउनु नै हो । यो विषय सबैले बुझ्न आवश्यक छ ।

यस्तो अवस्थामा लगानीकर्ताले कस्तो कम्पनी रोज्ने हो ?

नेपालको सेयर बजारमा बैंकिङ, फाइनान्स, बीमा कम्पनीहरुको वर्चश्व ७० प्रतिशतभन्दा बढी छ । तीनै कम्पनी हेरेर आउने नीतिले बजारलाई गाइड गरिरहेको छ । जबसम्म कमर्सियल बैंकहरुमा बुलिस ट्रेन्ड आउँदैन तबसम्म बजारमा बुलिस टे«न्ड शुरु हुँदैन, माथि जाँदैन भन्ने भनाइ छ । अहिले राम्रो कम्पनी बढेको छैन । माइक्रोफाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीको मात्रै बढेको छ भनिन्छ ।
बजारमा छिरेपछि कम्पनीले दिने लाभांश र कम्पनीको सेयर बेचेर नाफा कमाउने हो । लाभांश धेरै दिने, इपीएस राम्रो भएको कम्पनीलाई मात्रै बजारमा राम्रो भन्न मिल्दैन । कुनै कम्पनी सेयर आज १ सय रुपैयाँमा किनेर भोलि ५ सय रुपैयाँमा बेचेर ४ सय रुपैयाँ नाफा लिन सकिन्छ भने त्यो पनि राम्रो कम्पनी हो ।

लगानीकर्ताको नजरबाट हेर्दा इपीएस राम्रो भएको कम्पनीलाई मात्रै राम्रो कम्पनी भन्न मिल्दैन । तर पनि इपीएस राम्रो भएको कम्पनीले भविष्यमा राम्रो लाभांश दिनसक्छ भन्ने चाँही हो । सेयर बेचेर नाफा कमाउन खोज्ने मान्छेलाई इपीएस राम्रो भएको तर नाफा धेरै दिन नसक्ने कम्पनी चाँही नराम्रो हुन सक्ला ।

बजारमा जुन कम्पनीको सेयर सप्लाइ बढी छ, जुन कम्पनीको सेयर बिक्रीबाट धेरै फाइदा कमाउन सकिन्छ ती कम्पनी सेयर बेचेर नाफा कमाउन सकिने कम्पनीको रुपमा बुझ्न आवश्यक छ । अहिले बजारमा इपीएस कमजोर भएका कम्पनीको सेयर मूल्य बढ्यो भनेर भन्नुको कुनै अर्थ छैन ।

कम्पनी रोज्ने कसरी ?

यसरी नै कम्पनी रोज्ने भन्ने कुनै सैद्दान्तिक आधार छैन । कसैले बढी रिस्क लिन्छ भने त्यहीअनुसार र केहीले थोरै रिस्क लिएर लाभांश लिने हो भने लाभांश दिने कम्पनी खोज्नुपर्यो । त्यसका लागि कम्पनीको एपीएस, ग्रोथ पोटेन्सियल हेर्नुपर्यो । रेलुगरभन्दा बढी रिस्क लिने हो भने सेयर दैनिक खरिद बिक्री हुने सेयरमा लगानी गर्न सकिन्छ । लाभांश बेस कम्पनी दिने भनेको ३०, ४०, ५० प्रतिशत लाभांश नै हो । जुन कम्पनीको क्यापिटल गेन हुन्छ र ती कम्पनीबाट मल्टिपल कमाउन सकिन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स