प्रहरीले लाठी हान्दा बालकको दाँत झ‍र्याे, सुर्खेतमा तनाब जारी




काठमाडौं । केहि दिन पहिले सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि शुरु भएको तनाब अझै कम भएको छैन । उक्त तनाबलाई कम गर्न प्रहरीले लाठी हान्दा एक बालकको दाँत झरेको छ ।

टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति हुनुपर्ने पिडितहरुको माग रहेको छ । मृृतकका आफन्त र स्थानीयवासीले आज पनि बिहानैदेखि प्रदर्शन गर्नुका साथै यातायात चल्न दिएका छैनन ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते हुनुका साथै उनको दाँत झरेको छ । प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।


क्लिकमान्डु