जगदम्बा सिमेन्टद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १० लाख सहयोग



काठमाडौं । चितवनस्थित गौतम बुद्घ अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मसद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्घ क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबर सहयोग गरेको छ ।

समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसन मार्फत सरिक भएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको छ ।

यसै क्रममा जगदम्बा सिमेन्टले धुर्मुश सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्घ क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरको छ ।


क्लिकमान्डु