व्यवसायीलाई दुःख दिएर सरकारले राजश्व उठाउँदैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने बताएका छन् ।

आइतबार ६८औं भन्सार दिवस कार्यक्रममा अर्थमन्त्री खतिवडाले आय भएको ठाँउमा मात्रै राजशस्व उठाउने बताएका हुन् । मन्त्री खतिवडाले जथाभावी दुःख दिएर राजश्वको लक्ष्य पूरा गर्ने योजनामा आफू नभएको आश्वस्थ तुल्याए ।

‘तपाईहरुले राजश्व घट्दा नि चिन्ता नगर्ने मन्त्री पाउनु भएको छ, खुसी हुनुहोस्’ उनले भने, ‘अहिले अन्तः शुल्क, भ्याट र आयकरको संकलन राम्रो छ ।’

त्यसैले भन्सार राजश्व कम भएर केही नहुने उनको भनाइ छ । साथै भन्सारमा सन्दर्भ मूल्य अहिले नै हटाउन नसकिने प्रष्ट पारे ।

सम्पत्ति सुदृढीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुनेमा आश्वस्त हुन खतिवडाले आग्रह गरे । उनले भने–‘नीजि क्षेत्रका साथीहरू आत्तिएको पाएँ यस्तो होईन, गलत ठाउँमा मात्रै डण्डा चल्नेछ ।’

विदेशी मुद्रा सन्चीतिमा मुलुक दक्षिण एसियामै राम्रो रहेको, बैंक ब्याजदरको समस्या नरहेको उनल जानकारी दिए ।


क्लिकमान्डु