१३ जना नेपालीले २७ घण्टा नृत्य गर्ने, अमेरिकाको रेकर्ड तोड्ने विश्वास



काठमाडौं । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरेका छन् । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको छ ।

शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानीबारे जानकारी गराएको हो । उक्त किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा उक्त किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए ।

यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् ।


क्लिकमान्डु