अर्थले पत्र दिन ढिलाई गर्दा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले हाजिर गर्न पाएनन्



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुर्नरवहालीमा ढिलाई भएको छ । अर्थ मन्त्रालयले डेपुटी गर्भनर श्रेष्ठको सफाइ चिठी पठाउन ढिलाई गरेको कारण उनको पुर्नबहालीमा ढिलाई भएको हो ।

केही महिना अगाडि सरकारले गत कात्तिक १८ गते श्रेष्ठको छानबिन समिति गठन गरेपछि निलम्बनमा परेका श्रेष्ठलाई सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिनको क्रममा केही नपाइएको भन्दै सरकारको  तर्फबाट सफाइ दिएकाे थियाे ।  जस अनुसार श्रेष्ठको निलम्बन हटेको हो ।

सरकारले निलम्बन हटेको भनेपनि अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय सहित श्रेष्ठको सफाइ पत्र राष्ट्र बैंकमा पठाएर मात्र उनी राष्ट्र बैंकमा पुर्नबहाली हुन पाउने प्रावधान रहेको छ । सरकारको सफाइ पछि अर्थ मन्त्रालयले शुक्रबार नै राष्ट्र बैंकमा श्रेष्ठको सफाइको पत्र पठाउनु पर्नेमा आइतबार दिउँसो २ः३० बजे मात्र पठाएको राष्ट्र बैकका एक अधिकारीले क्लिकमाण्डूलाई बताए ।

उनका अनुसार अर्थ मन्त्रालयमा  मन्त्रिपरिषद्को निर्णय सहित श्रेष्ठको सफाइ पत्र राष्ट्र बैंकबाट ३ बजे तिर श्रेष्ठको घरमा नै पठाइएको छ । पत्र प्राप्त भएपछि डेपुटी  गर्भनर श्रेष्ठ भोलि (सोमबार) बाट मात्र कार्यालयमा हाजिर हुने सम्भावना रहेको छ ।


क्लिकमान्डु