इपिएस स्थिर रहेको फर्स्ट माइक्रोफाइनान्समा लगानीकर्ताले गरे प्रोफिट बुक (प्राविधिक विश्लेषण)



फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८.८६ प्रतिशतले वृद्धि गरि ६ करोड ६९ लाख ३५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको ५ करोड ६३ लाख १६ हजार रुपैयाँ मुनाफा खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी १६.०१ प्रतिशत, अन्य संचालन आम्दानीमा १६.१० प्रतिशतको वृद्धि तथा जोखिम व्यवस्थापनमा रकम कटौतीको कारणले खुद नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले ब्याज आम्दानी ३७ करोड ५० लाख आर्जन गरेकोमा २६ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ४६ लाख रुपैयाँ बढाएर १० करोड ५८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कर्मचारी खर्च ९.६३ प्रतिशतले १ करोड ११ लाख तथा अन्य संचालन खर्च २०.१५ प्रतिशतले ७६ लाख ७४ रुपैयाँ पुगेको छ ।

गत वर्षको पुस महिनामा कर्मचारी खर्च १ करोड १ लाख तथा अन्य संचालन खर्च ६३ लाख ८७ हजार रुपैयाँ थियो । त्यस्तै जोखिम व्यवस्थापन कोषमा ३७.५१ प्रतिशतले घटेको छ । निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल यस लघुवित्तले ३४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

जगेडा कोष २ करोड १२ लाख ८२ हजार रुपैयाँ अर्थात् १३.९१ प्रतिशतले बढेर १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै समयमा १५ करोड ३० लाख रुपैयाँ रहेको थियो । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ रहेको छ । लघुवित्तले शेयरधधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत अर्थात ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको थियो । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.८२ गुणा रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँच वर्षको वित्तिय विवरण

फ्लोरसिट

करिव २ साताको समय अवधिमा फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ३४, ४५,४४ र ५८ तथा विक्रीमा ब्रोकर न २१, ४९, ५८ र ३९ न ब्रोकरबाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । हालसम्म फ्लोरसिटबाट हेर्दा बजार मूल्य ३८१ देखि ४०५ देखि ६० हजार भन्दा बढी शेयर भन्दा बढी कारोवार भएको छ ।

प्राविधिक विलेषण

मैनबती आकृति विश्लेषण
साप्ताहिक रुपमा कम्पनीको माथिल्लोपट्टि स्याडो सहितको बुलिस मैनबत्ति बनेर कारोवार बन्द भएको छ । यस्तो प्रकारको मैनबतिले सेयर किन्ने लगानीकर्ता निकै आक्रामक रहेको बुजाउछ । माथिल्लो भागको स्याडोले सस्तोमा किनेको शेयरको नाफा बुक गर्दै गएको छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स ( आरएसआई )

साताको अन्तिम दिन कारोवार बन्द हुँदा साप्ताहिक आर.एस.आई ४६ दशमलव ८० बाट ७३ दशमलव ९३ स्केल पुगेको छ । आरएसआई
न्युट्रल जोनबाट माथि रहेकोले बुलिस मोमेन्टोममा भएको मान्न सकिन्छ । आरएसआई रेखा ० देखि १०० स्केल भित्र मुभ हुने गर्छ ।
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने गत डिसेन्बर ८मा एमएसिडी र सिग्नल सेन्ट्रल लाईन जिरो सेन्ट्रल लाईन भन्दा माथि बुलिश क्रस ओभर गरेको थियो । यस साता त्यहि प्रकियाले निरन्तरता पारेको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । यस माइक्रोफाइनान्स वित्तीय संस्थाको चार्ट हर्दा मुल्यले माथिलो ब्याण्ड ब्रेक गरेको छ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्क धनात्मक ४५८ को स्केल आएको छ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निस्कर्ष

फर्स्ट  माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८.८६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । प्रतिशेयर आम्दानी स्थिर राख्न सफल भएको छ । बैंक तथा वित्तीय संस्थाबाट २१.३२ प्रतिशतले सापटी बढाएर २४.९३ प्रतिशतले कर्जा वृद्धि गरेको देखिन्छ । त्यस्तै जोखिम व्यस्थापन कोषमा ५४ लाख ९२ हजारबाट ३४ लाख ३२ हजारमा घटाएको छ । । यो सबै लघु बित्तको सकारात्मक पक्ष हुन् । प्राविधिक विश्लेषणको आधारमा गत विहिवार स्याडो सहितको बुलिस मैनबत्ति बनेको छ । सस्तोमा किनेको शेयरको नाफा बुक गर्दै स्पस्ट देखिन्छ । एमएसीडी,कमोडीटि च्यानल इन्डेस्क तथा बोलिंजर ब्याण्डले बलियो ट्रेन्ड तथा स्ट्रेन्थ रहेको संकेत गर्दछ । आरएसआई ७३ दशमलव ९३ पुगेको कुनै पनि रिभर्शल मैनबत्ती बनेमा करेक्सन देखिन सक्छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणको आधारमा हुने लगानीको लाभहानीमा क्लिकमाण्डू जिम्मेवार हुने छैन


क्लिकमान्डु