प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको कार्यकाल पुनः चारवर्ष थप



काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा सन्चित बज्राचार्यको कार्यकाल ४ वर्षको लाथि थप भएको छ ।

इन्स्योरेन्सको संचालक समितिको बैठकले ४ वर्षको लागि बज्राचार्यको कार्यकाल थप गरेको हो । उनको कार्यकाल माघ १ मा थपिएको हो ।

ब्रजाचार्य लामो समयदेखि प्रभु इन्स्योरेन्समा कार्यरत छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।


क्लिकमान्डु