सेयर बजारमा सबैभन्दा ठूलो लगानी रहेको हाथवे इन्भेष्टमेन्टको प्रवन्ध निर्देशकबाट अम्बिका पौडेल बाहिरिए



काठमाडौं । सेयर बजारमा सबैभन्दा ठूलो पोर्टफोलियो रहेको निजी कम्पनी हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रवन्ध निर्देशकबाट अम्बिका पौडेल बाहिरिएका छन् ।
हाथवे पछिल्लो समय सेयर बजारमा संस्थागत रुपमा ठूलो लगानी गर्ने कम्पनीको रुपमा स्थापित भएको छ ।

पौडेलले आफ्नो फेसकुमा हाथवेको कार्यकारी भूमिकाबाट बाहिरिएको घोषणा गरेका छन् ।

पौडेल अब हाथवेमा संचालको रुपमा मात्र रहनेछन् । स्थापनाकालदेखि प्रवन्ध निर्देशकको भूमिका रहेर हाथवेलाई अहिलेको स्थानसम्म ल्याउन पौडेलको भूमिका महत्वपूर्ण रहेको छ ।

कम्पनीको वेवसाइटमा दिएको जानकारी अनुसार हाथवेले १०० मिलियनभन्दा बढीको सम्पत्ति व्यवस्थापनको काम गरेको छ । सेयर बजारदेखि विभिन्न कम्पनीमा संस्थागत रुपमा हाथवेको लगानी रहेको छ ।

हाथवेबाट बाहिरिएपछि अम्बिका पौडेल अब निर्माण व्यवसायमा संलग्न हुने छन् । यस बाहेक जलविद्युत् कम्पनीमा पनि पौडेल सक्रिय हुने छन् ।

कुनैबेला सरकारी जागिर खाने पौडेल सेयर बजारमा सफल लगानीकर्ताको रुपमा समेत चिनिन्छन् । उनी नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष समेत हुन् ।
पौडेलले छाडेपछि अब हाथवेको व्यवस्थापन नुमनाथ पौडेलले समाल्नेछन् । उन फस्र्ट माइक्रोफाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।


क्लिकमान्डु