हिमालयन बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?



काठमाडौं । हिमालयन बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगतमा ३ महिनाको लागि ८ प्रतिशत, ६ महिनाका लागि ९ प्रतिशत, १ वर्षदेखि माथिका लागि ९.२५ व्याजदर तोकेको छ । साथै संस्थागतमा ३ महिनाको लागि ८ प्रतिशत, ६ महिनाभन्दा माथिका लागि ८.५० प्रतिशत व्याजदर तोकेको हो ।

हाल बैंकले १५ वटा बचत खाता सञ्चालन गरिरहेको छ । बचत खातामा बैंकले ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ । फरेन करेन्सी अमेरिकी डलर सेभिङ अकाउण्टमा भने २ प्रतिशत तोकेको छ ।

असोज मसान्तमा बैंकको बेसरेट ८.९३ प्रतिशत रहेको छ । बैंकले हाल २० प्रकारका कर्जा वितरण गरिरहेको छ । कर्जाको व्याज भने बैंकको न्युनतम १०.९३ प्रतिशतदेखि १४.४३ प्रतिशतसम्म रहेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १३.९३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

त्यस्तै, बैंकले होम लोनमा १४.४३ प्रतिशत, एजुकेशन लोन १३.९३ प्रतिशत ब्याज तोकेको छ ।

 

 


क्लिकमान्डु